एसिड आक्रमणबाट घाइते बनेकी सम्झनाको मृत्यु

काठमाडौं, असोज ८
गत भदौ २६ गते एसिड आक्रमणबाट गम्भीर घाइते भएकी रौतहट चन्द्रपुर नगरपालिका ६ कि सम्झना दासको उपचारको क्रममा मृत्यु भएको छ ।
उनको कीर्तिपुर अस्पतालमा उपचारकै हिजो राति साढे ११ बजेतिर मृत्यु भएको हो । उनीमाथि प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै ५० वर्षीय स्थानीय रामबाबु पासवानले राति घरमा सुतिरहेको बेला एसिड प्रहार गरेका थिए ।
तेजाबले सम्झनाको अनुहारसहित शरीरको अधिकांश भाग जलेको थियो । उनीसंगै उनकी बहिनी सुस्मिता दासमाथि पनि एसिड परेको थियो । उनको अवस्था भने खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।
आक्रमण गरेको आरोपमा पासवानलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: ८ आश्विन २०७५, सोमबार












