गौरादहमा विपन्न परिवारका बिरामीलाई आर्थिक सहयोग


 


झापा, असोज ८

झापाको गौरादह नगरपालिकाले नगरभित्रका तीन जना विपन्न परिवारका बिरामीलाई आर्थिक सहयोग गरेको छ । गौरादह १ डिठ्ठाचौक निवासी शरिरमा रगत उत्पादन गर्न नसक्ने रोग लागेकी बबिना ताजपुरीयालाई १५ हजार रुपैयाँ, वडा नम्बर ९ बैगुन्धुरा दहगाउँ निवासी मृगौला पीडित बोधराज खनाललाई ३१ हजार र वडा नम्बर ३ बरगाछी निवासी अर्का मृगौरा रोग पीडित रिता कार्कीलाई १५ हजार रुपैयाँ गरी बिपन्न परिवारका बिरामीलाई ६१ हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको नगरपालिकाका प्रवक्त नगेन्द्र भण्डारीले जानकारी दिनुभयो ।

वडा नम्बर १ निवासी ताजपुरीयाको घरमै पुगेर आज सहयोग रकम हस्तान्तरण गरिएको थियो भने खनालले यस अघिनै रकम बुझिसक्नु भएको थियो । त्यसैगरी कार्कीलाई रकम उपलब्ध गराउने निर्णय गरिसकेको नगरपालीकाका प्रवक्त भण्डारीले जानकारी दिनुभयो ।

नगरपालिकाले गम्भिर प्रकृतिका बिराम लागेका बिपन्न परिवारका सदस्यहरुलाई उपचारको लागि आर्थिक सहयोग गर्ने नीतिअन्तर्गत उनीहरुलाई आर्थिक सहयोग गरेको नगर प्रमुख रोहित कुमार शाहले बताउनु भयो । आर्थिक अवस्था कमजोर भएपनि उपचार गर्न समस्य नहोस भनेर नगरपालिकाको बोर्ड बैठकको निर्णय बमोजिम उनीहरुलाई सहयोग गरिएको नगर प्रमुख शाहले बताउनु भयो ।

प्रकाशित मिति: ८ आश्विन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्