क्रोएसियाका कप्तान लुका बने फिफा वर्ष खेलाडी


 


एजेन्सी, असोज ९

क्रोएसियाका कप्तान लुका मोड्रिच यस वर्षको ‘फिफा वर्ष खेलाडी’ घोषित भएका छन् । लण्डनमा गएराति आयोजित एक भव्य समारोहमा मोड्रिचलाई फिफा वर्ष खेलाडीको रुपमा पुरस्कृत गरिएको हो ।

विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले मोड्रिचलाई ‘फिफा द बेष्ट’ अवार्डबाट सम्मानित गरेको हो । मोड्रिचले साबिकका विजेता क्रिस्टियानो रोनाल्डो र लिभरपुलका मोहमद सलाहलाई पछि पार्दै अवार्ड हात पारे ।

मोड्रिचले पहिलोपटक यो अवार्ड जितेका हुन् । योसँगै मोड्रिचले फिफा अवार्डमा रोनाल्डो र लियोनल मेस्सीले पछिल्लो ११ वर्षदेखि राख्दै आएको आधिपत्य तोडेका छन् । सन् २००७ यता यस अवार्डमा रोनाल्डो र मेस्सीले पालैपालो जित्दै आएका थिए । रोनाल्डो र मेस्सीले समान ५–५ पटक यो अवार्ड जितेका छन् ।

प्रकाशित मिति: ९ आश्विन २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्