नेपाल टेलिभिजनका पूर्वअध्यक्ष दाहाल नेकपामा प्रवेश



काठमाडौँ, असोज ९

नेपाल टेलिभिजनका पूर्वअध्यक्ष महेश दाहाल आज नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्नुभएको छ । पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव विष्णु पौडेललगायतका नेताले प्रवेश गराउनुएको हो ।

अध्यक्ष प्रचण्डले नवप्रवेशी दाहाललाई स्वागत गर्दै उहाँलाई उचित जिम्मेवारी दिइने बताउनुभयो । मुलुकको विकास र समृद्धिका लागि नेकपाको नेतृत्वमा आउन समयको माग भएको जनाउँदै उहाँले पार्टी एकतासँगै देशभर आधारभूत तहसम्मको एकता प्रक्रियामा जुट्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।

नवप्रवेशी दाहाल लायन्स क्लब अफ इन्टरनेशनलका प्रशिक्षक पनि हुनुहुन्छ । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News