एन प्याव्सन मोरङको हाजिरी जवाफ सम्पन्न


 


मोरङ (बेलवारी), असोज ९

मोरङको बेलवारीस्थित सास्कृतिक भवनमा सोमवार जिल्ला स्तरीय मावि तथा आधारभुत तहको हाजीरीजवाफ प्रतियोगितामा सम्पन्न भएको छ ।

एन प्याव्सन मोरङको आयोजनामा भएको सो प्रतियोगितामा २५ निजि विद्यालयले सहभागीता जनाएका थिए । दुई तहमा भएको उक्त प्रतियोगितामा मावी तर्फ पिनाकल ज्ञान मन्दिर कानेपोखरी र आधारभुत तर्फ बाल ज्योती एकेडेमि कानेपोखरीले प्रथम पुरष्कार चुम्न सफल भए । त्यसैगरी मावी तर्फ क्रमस दोस्रो र तेस्रो आभा सेकेण्डरी इलिस स्कुल बुढिगगा र निर्मल सिद्धार्थ सेकेण्डरी स्कुल मिक्लाजुङ भएका छन् भने आधारभुत तर्फ क्रमस दोस्रो तेस्रो ब्राइट सनराइज इलिस स्कुल पथरी सनिस्चरे र तस्रो किर्तीपुर एकेडेमि पथरी सनिस्चरे रहेका छन् ।

निजी तथा आवासिय शैक्षिक संंस्थाको रुपमा रहेको एन प्यावसन मोरङले यस्ता किसिमका प्रतिस्पर्धात्मक अतिरित्त कृयाकलापहरु, खेलकुद र गायन नृत्य सहितका कार्यक्रमहरु गराएर विद्याथीहरुको शैक्षिक, सारीरिक तथा मानसिक रुपमा विकास गरिरहेको मोरङ एन प्याव्सनका सचिव नारायण प्रसाद ढकालले बताउनुभयो ।

उक्त कार्यक्रममा प्रमुख अतिथीका रुपमा एन प्याव्सनका प्रदेश अध्यक्ष जय बहादुर श्रेष्ठ रहनुभएको थियो । त्यसैगरी बिशिष्ट अतिथीका रुपमा बेलवारी नगर शिक्षा प्रमुख जिवन गड्तौला रहनुभएको थियो ।

प्रकाशित मिति: ९ आश्विन २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्