बलात्कार आरोपमा दुलाहा पक्राउ



दोलखा, असोज १०
बलात्कार आरोपमा दोलखाको भीमेश्वर नगरपालिकामा एक दुलाहा विहेको कार्यक्रमबाटै पक्राउ परेका हुन् ।

विवाह संस्कारअनुसार दुलाहा र दुलहीलाई घरमा भित्र्याउने तयारी गर्दागर्दै भीमेश्वरको जिलुमा बलात्कार आरोपमा दुलाहा पक्राउ परेका हुन् ।

पहिले विहे गर्छु भन्दै आफूलाई बलात्कार गरेको भन्दै एक स्थानीय १६ वर्षीया किशोरीले उजुरी दिएपछि अर्की एक युवतीलाई घर भित्र्याउनै लागेका शान्ति चौलागाईलाई प्रहरीले पक्राउ गरेको हो । कान्तिपुरमा खबर छ ।

कक्षा १२ पढ्दै गरेकी किशोरीले सात कक्षामा अध्ययन गर्दादेखि नै शान्तिले विहे गर्ने आश्वासन दिँदै आएको आरोप लगाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News