पोखरीमा डुबेर भोजपुरका राईको मृत्यु



विराटनगर, असोज ११

मोरङको ग्रामथान गाउँपालिका–२ झोराहाट स्थित प्रणाम इट्टा भट्टाको हाता भित्र रहेको पोखरीमा डुब्दा एक जनाको मृत्यु भएको छ ।
पोखरी रेखदेख गर्दै आएका भोजपुर घर भएका अन्दाजी ३५ वर्षिय शुक्रधन राई एउटा पोखरीवाट अर्काे पोखरीमा माछाको भुर्रा सार्ने क्रममा डुबेर बेपत्ता भएका थिए ।

घटनाबारे जानकारी पाउनासाथ तत्काल प्रहरी चौकी झोराहाटबाट खटिएको प्रहरीको टोलीले स्थानीयबासीको सहयोगमा खोजी गर्ने क्रममा आज बिहान पोखरीमा राईको शव फेला पारेको थियो ।

शवलाई पोष्टमार्टमका लागि कोशी अञ्चल अस्पताल बिराटनगरमा राखिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News