पाँच वर्षीया बालिका बलात्कार गर्ने कर्मचारी पक्राउ



काठमाडौं, असोज १२
घरमा खेलिरहेकी पाँच वर्षीया बालिकालाई बलात्कार गरि फरार रहेका एक कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । दो

लखाको तामाकोशी गाउँपालिकाकी ५ बर्षीया बालिका बलात्कार गरी फरार रहेका खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका कर्मचारी कमल बजगाईलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो । नयाँ पत्रिकामा खबर छ ।

उनी गत भदौ २१ गते घरमै खेलिरहेकी बालिकालाई बलात्कार गरेर फरार भएका थिए । बालिकाको स्वास्थ्य परीक्षणबाट बलात्कार पुष्टि भईसकेको छ ।

तर, फरार रहेका बजगाईले विभिन्न ब्यक्ति प्रयोग गरी बलात्कारको मुद्धा फिर्ता गराउन र पैसा दिएर मिलाउन पीडित परिवारलाई ठुलो दबाब दिँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News