तीन महिनाअघि हराएका बालकको कङ्काल भेटियो

हुम्ला, असोज ११
हुम्लाको चङ्खेली गाउँपालिका– २ दार्मा गर्खाका १४ वर्षीय शैलेन्द्र शाहीको कङ्काल भेटिएको छ ।
उनी गत साउन १ गते स्थानीय धुम्माधारा खर्कबाट दूध र दही लिएर घर फर्कने क्रममा तामेखोलाबाट हराए थिए ।
साउने सङ्क्रान्तिका दिन घर खर्कदेखि गाउँसम्मका सबै बाटो र बस्तीमा उनकोे खोजी गरिएको थियो ।
मृतक शाही स्थानीय बालज्योति आधारभूत विद्यालयको कक्षा ५ मा अध्ययनरत थिए । रासस
प्रकाशित मिति: १२ आश्विन २०७५, शुक्रबार












