डा. गोबिन्द केसीले किन गर्दैछन् पत्रकार सम्मेलन ?
काठमाण्डौँ, असोज १२
डा. गोबिन्द केसीले आज पत्रकार सम्मेलन गर्नु हुने भएको छ । चिकित्सा शिक्षा विधेयकका सम्बन्धमा डा केसीले दिउँसो २ बजे पत्रकार सम्मेलन गर्न लाग्नुभएको हो ।
जुम्लाबाट १५ औं अनसन थाल्नुभएका डा केसीले विधेयक पास नभएको खण्डमा कार्तिक १६ गतेदेखि १६ औ अनसन पनि थाल्ने चेतावनी दिईसक्नुभएको छ ।
सरकार र आफूबीचको पूर्व सम्झौताअनुसार चिकित्सा शिक्षा विधेयक जारी नभए पुनः अनसन बस्ने उहाँले बताउनुभएको छ । १६ औं अनसनको बारेमा जानकारी गराउन आज पत्रकार सम्मेलन गर्न लागिएको बताइएको छ ।
प्रकाशित मिति: १२ आश्विन २०७५, शुक्रबार












