ए डिभिजन लिग फुटबल आजदेखी


 


काठमाण्डौँ, असोज १३

शहीद स्मारक ए डिभिजन लिग फुटबल आजदेखि सुरु हुँदैछ । पछिल्लो पटक २०७० सालयता ए डिभिजन लिग सञ्चालन भएको छैन । २०७१–७२ सालमा राष्ट्रिय लिग आयोजना भएको थियो भने भूकम्पका कारण त्यसयता लिग हुन सकेको छैन । आज हुने लिगको उदघाटन खेलमा त्रिभुवन आर्मी र न्यूरोड टिम (एनआरटी)बीच प्रतिस्पर्धा हुनेछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो ३ बजेदेखि सुरु हुनेछ । त्यसअघि उद्घाटन कार्यक्रम भने दिउँसो साढे २ बजेदेखि सुरु हुँदैछ । उद्घाटन कार्यक्रममा कलाकारहरुको मनोरञ्जनात्मक प्रस्तुतिहरु दिनेछन् ।

प्रतियोगिताअघि हिजो भएको पत्रकार सम्मेलनमा सहभागी सबै टिमका प्रशिक्षकहरुले लिगमा आफ्नो लक्ष्यका साथै दावेदारिता पनि प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति: १३ आश्विन २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्