विहानै ट्रकले बसलाई ठक्कर दियो, दुई जनाको मृत्यु


 


कावासोती, असोज १३
नवलपुरको कावासोतीस्थित डण्डा भन्ने ठाउँमा शनिबार विहान २ बजे ट्रकले बसलाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा परेर ३२ जना घाइते भएका छन् ।

नेपालगंजबाट काठमाडौंका लागि छुटेको ना ७ ख ५६२९ नम्बरको बसलाई विपरित दिशाबाट गएको ना ६ ख ७७१९ नम्बरको ट्रकले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

दुर्घटनामा परी बस चालक बाँके कोहलपुर नगरपालिका ४ बस्ने २३ वर्षका सुरज विक र कपिलवस्तु बाणगंगा गाउंपालिका २ बस्ने २४ वर्षका लक्ष्मण थारुको मृत्यु भएको प्रहरी नायव उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

घाइतेमध्ये गम्भीर ११ जनालाई उपचारका लागि चितवनको भरतपुर पठाइएको छ । बाँकीको मध्यविन्दु सामुदायिक अस्पताल डण्डा र कालीगण्डकी अस्पताल कावासोतीमा उपचार भैरहेको छ ।

प्रकाशित मिति: १३ आश्विन २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्