नेपालको अभिव्यक्तिपछि पार्टीमा हलचल, ओलीले विदेशबाटै फर्काए जवाफ


 


काठमाडौं, असोज १४
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा हलचल पैदा भएको छ ।

पार्टीका वरिष्ठ नेता माधव नेपालले आफ्नै पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको कार्यशैलीलाई लिएर सार्वजनिक रुपमै असन्तुष्टि पोखेपछि हलचल पैदा भएको हो । कान्तिपुरमा खबर छ ।

नेता नेपालले बिहीबार संसद् र शुक्रबार स्थायी समिति सदस्यको भेलामार्फत असन्तुष्टि व्यक्त गरेका हुन् ।

उनले प्रधानमन्त्री एवं र्पाी अध्यक्ष केपी ओलीलाई लक्षित गर्दै सरकार सञ्चालन भएको सात महिना वितिसक्दा पनि खासै प्रगति हात लाग्न नसकेको र पार्टी पनि एकलौटी चलाएको आरोप लगाए ।

विदेशमा रहेको प्रधानमन्त्री ओले आफू नहुँदा देशमा केही नताहरुलाई छटपटी भएको बताएका छन् । उनले आफू फर्केर आएपछि सबै असन्तुष्टि समाधान हुने बताए ।

नेता नेपालको अभिव्यक्तिलाई नेकपाकै कतिपय नेताहरुले सरकार ढाल्ने षड्यन्त्र भएको बताएका छन् ।

प्रकाशित मिति: १४ आश्विन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्