बंगबन्धु गोल्डकप खेल्न नेपाली टोली बंगलादेश जाँदै


 


काठमाण्डौँ, असोज १४

बंगबन्धु गोल्डकप खेल्नका लागि आज नेपाली राष्ट्रिय फुटबल टिम बंगलादेश जाँदैछ । प्रतियोगिता भोलिदेखि सुरु हुँदैछ । समूह ए रहेको नेपालको खेल भने मंगलबार परेको छ । पहिलो खेलमा नेपालले ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ भने २० गते प्यालेस्टाइनसँग खेल्नेछ ।

समूहमा तीन टिम रहेकाले एक खेल जित्न सकेको खण्डमा पनि सेमिफाइनलको यात्रा सहज हुनेछ । प्रतियोगिताको समूह चरणका खेलहरु सिलेतमा हुनेछन् भने सेमिफाइनल कक्स बजारमा संचालन हुनेछ ।

फाइनल भने राजधानी ढाकास्थित बंगबन्धु रंगशालामा हुनेछ । दुई वर्षअघिको संस्करणमा नेपालले उपाधि जितेको थियो ।

प्रकाशित मिति: १४ आश्विन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्