नातिनीलाई करणी गरेको आरोपमा हजुरबुवा पक्राउ



दाङ, असोज १५

दाङको लमहीमा १२ वर्षकी नातिनीलाई करणी गरेको अभियोगमा ६८ वर्षका हजुरबुवालाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय लमहीले नातिनी करणी गरेको अभियोगमा हजुर बुवालाई पक्राउ गरेको हो ।

यो आइतबार दिउँसो घटना भएको हो । प्रहरीले हजुर बुवालाई आइतबार बेलुका पक्राउ गरेर ल्याएको जनाएको छ । बालिकाको स्वास्थ्य परीक्षण भएको छ । आज अदालतमा करणी मुद्दा दर्ता गरेर कारवाही प्रकृया अघि बढ्नेछ ।

करणी अभियोगमा लागेका व्यक्ति बालिकाको कान्छो हजुरबुवा हुन् । उनले ललाई फकाई पहिलेदेखिनै करणी गर्दै आएको बालिकाले प्रहरी समक्ष बयान दिएकी छिन् ।

प्रकाशित मिति: १५ आश्विन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्