ट्रकको ठक्करबाट मृत्यु



मोरङ, असोज १६

मोरङको विराटनगर–रङ्गेली सडकखण्डअन्तर्गत कटहरी गाउँपालिका–३ मा आज ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।

विराटनगरबाट रङ्गेलीतर्फ जाँदै गरेको को १ख २९४४ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको को २५प २८९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार कटहरी–४ का ५० वर्षीय जगदीश गुप्ताको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका गुप्तालाई उपचारका लागि गोल्डेन अस्पताल विराटनगर पुर्याउने क्रममा बाटैमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख निरीक्षक शिवकुमार पोखरेलले जानकारी दिनुभयो ।

दुर्घटनामा मृतकका छोरा २२ वर्षीय प्रमोद भने घाइते भएकाले उहाँको गोल्डेन अस्पतालमै उपचार भइरहेको छ । ठक्कर दिने चालकसहित ट्रक प्रहरी नियन्त्रणमा छ । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News