फेरि पेट्रोल डिजलको भाउ बढाउने तयारी



काठमाडौँ, असोज १७

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ बढेपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य बढाउने तयारी गरेको छ ।अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ बढेर मासिक घाटा १ अर्ब २९ करोड नाघेको भन्दै निगमले भाउ बढाउने तयारी गरेको हो ।

नेपाल आयल निगमलाई तेल दिँदै आएको इण्डियन आयल कर्पोरेशनले हरेक १ तारिख र १५ तारिखमा मूल्य सूची पठाउने गर्छ ।आयल निगमले त्यही मूल्य सूचीका आधारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको छ ।

बढेको बेला भाउ बढाउने निगमले घटेको बेलामा भाउ नघटाउने गरेका कारण निगमको आलोचना पनि हुँदै आएको छ । इण्डियन आयल कर्पोरेशनले मंगलबार पठाएको नयाँ मूल्यसूची अनुसार निगमलाई महिनामा १ अर्ब २९ करोड रुपैयाँ घाटा हुनेछ ।

अहिले डिजलमा प्रतिलिटर ४ रुपैयाँ ४३ पैसा, पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ४५ पैसा घाटा छ । एक सिलिन्डर ग्यासमा ४ सय ४ रुपैयाँ ७३ पैसा घाटा रहेको निगमले जनाएको छ ।

निगमलाई हवाई इन्धनमा नाफा हुँदै आएको छ, हवाई इन्धनको नाफा जोडेर पनि मासिक १ अर्ब २९ करोड रुपैयाँ घाटामा जाने निगमको प्रक्षेपण छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News