व्यापारीको झमेलाले भद्रपुर भन्सार ठप्प



झापा, असोज १९

व्यापारीले अनावश्यक विवाद गरेपछि भद्रपुर भन्सार तीनदिनदेखि ठप्प छ ।  गत सोमबार राजश्व तिरेभन्दा बढी कपडा लगेपछि प्रहरीले गोदामबाटै कपडा बरामद गरेको थियो । सोही विषयमा विवाद भएपछि व्यापारीले भद्रपुर भन्सार ठप्प बनाएका हुन् ।

भद्रपुर भन्सारका नायब सुब्बा विजय शाहीका अनुसार भन्सार परिसरबाटै राजश्व नतिरी बढी लोड गरिएको कपडा नियन्त्रणमा लिइएको हो । भन्सार ठप्प हुँदा रु ५० लाखको राजश्व गुमेको छ ।

व्यापारीले भन्सारको गोदाममा रहेको सामान लिनसमेत नआएको शाहीले जानकारी दिनुभयो ।  सूर्य अडर्स एण्ड सप्लायर्सको नाममा १३ पोका कपडा राजश्व तिरेर लैजाने क्रममा पाँच पोका कपडा बढी लगेपछि वडा प्रहरी कार्यालय भद्रपुरले गोदामबाटै सो कपडा नियन्त्रणमा लिएको थियो । सप्लायर्सको गोदामबाट वडा प्रहरी कार्यालय भद्रपुरले राजश्व तिरेको स्रोत नखुलेको पाँच पोका कपडा नियन्त्रणमा लिएको जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
संस्थापक/ प्रधान–सम्पादक : ध्रुव सुवेदी
           
facebook
© 2018 Deshko News