भोजपुरमा ग्यासको मूल्य घट्यो



भोजपुर, असोज १९

भोजपुर–लेगुवा सडक खण्डको भाडासँंगै ग्यासको मूल्य घटाइएको छ ।  चाडबाड नजिकिएसँगै जिल्लाका सरोकार भएका निकायको बैठकले मूल्य तथा भाडादर घटाएको हो । भोजपुरलाई तराईका जिल्लासंँग जोड्ने भोजपुर–लेगुवा सडकको स्तरउन्नती भएसंगै भाडा एक सय रुपैया घटाएको हो ।

छैसठ्ठी किलोमिटरको सो सडक खण्डमा यात्रुले रु पाँच सय तिर्दै आएका थिए । त्यस्तै यही असोज २४ गतेदेखि लागु हुने गरी ग्यासको मूल्यमा प्रतिसिलिण्डर रु ७५ घटाइएको छ ।

व्यवसायीले ग्यास प्रतिसिलिन्डर रु १८ सय ७५ मा बेच्दै आएकामा रु एक हजार ८०० मा झारिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिनुभयो । त्यस्तै जिल्लामा बेलुका ८ बजेपछि मदिरा बिक्रीवितरणमा समेत रोक लगाइएको छ । ट्याक्सीको भाडाका विषयमा भने एक साताभित्र पुनः बैठक बसेर निष्कर्ष निकालिने जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News