भोजपुरका २२ वडामा अलैँची जोन कार्यक्रम



भोजपुर, असोज २२

भोजपुर जिल्लाका चार स्थानीय तहका २२ वडामा अलैँची जोन कार्यक्रम लागू हुने भएको छ । अलैँची जोन क्षेत्र निर्धारणका लागि बसेको सरोकारवालाको भेलाले सो निर्णय गरेको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना व्यवस्थापन इकाइ खुमलटार ललितपुरले आयोजना गरेको सो छलफलमा भोजपुर नगरपालिकाको वडा नं १ र २ हेलौउछा, ३ गुप्तेश्वर, ४ सिद्धेश्वर, ५ बोखिम, आठ पोखरे, ९ काफ्ले, १० भैँसीपङ्खा र वडा नं ११ आम्तेकमा अलैँची जोन क्षेत्र लागू गर्ने निर्णय गरेको हो ।

यस्तै षडानन्द नगरपालिका– ९ किमालुङ, वडा नं १० साङपाङ र वडा नं १३ बोयामा अलैँची जोन कार्यक्रम लागू हुने भएको छ । टेम्केमैयुङ गाउँपालिकाको वडा नं ६ बाहेकका सबै वडा, रामप्रसाद राई गाउँपालिका– १ ओख्रे र अरुण गाउँपालिका–२ चम्पे गरी जिल्लाभर २२ वडामा अलैँची जोन कार्यक्रम लागू गरिने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका वरिष्ठ कृषि इञ्जिनियर सरोज अधिकारीले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News