मनसुन सकिएपछि देशभर चिसो बढ्यो



काठमाडौँ, असोज २३

बर्खायाममा सक्रिय हुने मनसुन नेपालबाट गत शुक्रबारदेखि बाहिरिएसँगै देशभर चिसो बढ्नेक्रम सुरु भएको छ । राजधानी दैनिकमा खबर छापिएको छ ।

मनसुनी वायु बाहिरिएसँगै न्यूनतम र अधिकतम तापक्रम घट्दै गएपछि चिसो बढ्नेक्रम सुरु भएको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् राजु प्रधानांगले जानकारी दिए । यो समयमा पश्चिमी चिसो वायुको प्रभाव कायम रहन्छ ।

आइतबार दिउँसो मुलुकको पूर्वी र मध्य पहाडी क्षेत्रमा मौसम आंशिक बदली भई एक–दुई स्थानमा हल्का वर्षा भएको महाशाखाले जनाएको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको थियो । आइतबार काठमाडौंको न्यूनतम तापक्रम १३ दशमलव ७ र अधिकतम २७ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News