दशैँमा जिन्स कपडा किन्दा ध्यान दिनुपर्ने कुरा


 


काठमाण्डौँ, असोज २९

नेपालमा जिन्सका कपडाहरुको माग बढी छ । युवापुस्ताले जिन्सका कपडा खुब मन पराउने गरेका छन् । अन्य कपडाको तुलनामा जिन्सका कपडाहरु धुन अल्लि झन्झटिलो हुन्छ । आइरन लगाउन नपर्ने भएकाले पनि धेरै जसोले जिन्स मन पराउने गरेका छन् ।

नेपालमा बढी चाइनिज जिन्सका कपडा आएपनि सबैभन्दा राम्रो भने अमेरिका र जापानका जिन्स मानिन्छ । त्यसैले जिन्सका कपडा किन्दा अमेरिका र जापानबाट आएको किन्दा राम्रो हुन्छ । जिन्सका कपडा लगाउँदा फिटिङ लगाउनुपर्छ ।

मोडलहरुले लगाएको देखेर आफुलाई पनि त्यस्तै जिन्स किन्नु हुन्न । जुन मोडललाइ सुहाउँछ त्यो अरुलाई नसुहाउन पनि सक्छ । स्वस्थ्थ मानिसले टाइट फिटिङ जिन्स रोज्नु हुन्न । त्यसले आरामदायी हुन्न बरु विभिन्न समस्या पैदा गर्छ ।

जिन्सका कपडा किन्दा रंगमा पनि ध्यान दिनुपर्छ । तपाईँ साथीहरुसँग घुम्न जान लाग्नु भएको छ भने लाइट कलरको जिन्स खरिद गर्दा उपयुक्त हुन्छ । अफिसको लागि डार्क कलर छान्नु होला । घरमा बस्दा लगाउने हो भने आफूलाई जस्तो रंगको मन पर्छ सोही लगाउँदा पनि हुन्छ ।

बजारमा २ दर्जनभन्दा बढी जिन्सका ब्राण्ड छन् । जिन्सका ब्राण्डहरु छानी छानी लगाउँदा उपयुक्त हुन्छ । जिन्स खरिद गर्नुअघि त्यसको फेब्रिक र देशका बारेमा जानकारी लिदा राम्रो हुन्छ। जिन्स खरिद गर्दा सकेसम्म आफ्नो साइजभन्दा एक साइज कमको खरिद गर्नुपर्छ ।

प्रकाशित मिति: २९ आश्विन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्