तिहारसम्म इन्धनको मूल्य नबढ्ने


 


काठमाण्डौँ, कात्तिक २

नेपाल आयल निगमले तत्काल इन्धनको मूल्य नबढाउने भएको छ । निगमले चाडपर्वका बेला उपभोक्तालाई लक्षित गरेर इन्धनको मूल्य नबढाउने भएको हो ।

संसद्को उद्योग बाणिज्य तथा श्रम समितिले समेत निगमलाई चाडपर्वमा इन्धनको मूल्य वृद्धि नगर्न निर्देशन दिएको थियो । सोही अनुसार तिहारसम्म मूल्यवृद्धि नगर्ने निगमको भनाइ छ ।

निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले तिहारसम्म पेट्रोलियम पदार्थको मूल्यवृद्धि नगर्ने बताउनुभयो। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा लगातार इन्धनको मूल्य बढेकाले निगमको घाटा १ अर्ब २९ करोड रूपैयाँ पुगेको छ ।

हवाई इन्धन र मट्टितेल बाहेक सवैमा निगमलाई घाटा छ । निगमलाई सवैभन्दा धेरै खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ४ सय ४ रूपैयाँ घाटा रहेको छ ।

प्रकाशित मिति: २ कार्तिक २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्