अमेरिकी डलरको भाउ घट्यो


 


काठमाडौं, कात्तिक ३

अमेरिकी डलरको भाउ आज थोरै घटेको छ । डलरको भाउ आज ९८ पैसाले घटेको हो । राष्ट्र बैंकले आजका लागि १ अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ २ पैसा र बिक्रीदर १ सय १७ रुपैयाँ ६२ पैसा तोकेको छ ।

हिजो १ अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ ४६ पैसा र बिक्रीदर १ सय १८ रुपैयाँ ६ पैसा थियो । केही दिनयता बढिरहेको अमेरिकी डलरको भाउ आज थोरै घटेको हो । डलरको भाउ बढ्दा नेपालमा विदेशबाट आयात हुने सामान महँगो हुने गरेको छ ।

प्रकाशित मिति: ३ कार्तिक २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्