भोजपुरको हतुवागढी महोत्सव पर्यटन विकासका लागि


 


भोजपुर, कात्तिक ५

भोजपुरको हतुवागढी गाउँपालिकामा आयोजित दोस्रो हतुवागढी घोरेटार महोत्सव २०७५ मा ख्यातिप्राप्त व्यवसायीको व्यवसाय, स्थानीय उत्पादन, युवा स्वरोजगार र सीपमूलक व्यवसाय, स्थानीय कृषि उत्पादन प्रदर्शनी भइरहेको छ ।

स्थानीय विशिष्ट व्यक्तिको सम्मानलगायत कार्यक्रमसमेत रहेको आयोजकले जनाएको छ । बुधबारदेखि शुरु भई यही कात्तिक १७ गतेसम्म चल्ने महोत्सव ‘स्थानीय पर्यटकीय सम्भावित क्षेत्रको प्रवद्र्धन गरौंँ, युवा स्वरोजगारमूलक कार्यक्रम अभिवृद्धि गरौंँ’ भन्ने नाराका सााथ आयोजना गरिएको छ । महोत्सव सफलताले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउने र विकासको ढोका खुल्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

किरातकालका अविजित योद्धाले सो गढीलाई हतुवागढी नामकरण गरेका थिए । पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको ठाउँ भएकाले यसलाई अझ चिनाउनका लागि महोत्सवले टेवा पुग्ने जनाइएको छ । रासस

प्रकाशित मिति: ५ कार्तिक २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्