सुन ६ वर्ष यताकै महंगो


 


काठमाडौँ, कात्तिक ८

सुनको भाउ ६ वर्ष यताकै महंगो भएको छ । आज सुन तोलाको ६० हजार ४ सय रुपैयाँमा पुगेको छ । यो २०६९ साल भदौ पछिकै सबैभन्दा महंगो हो । त्यतिबेला सुन तोलामा ६३ हजार ३ सय रुपैयाँसम्म पुगेको थियो । गएको एक महिनामा सुनको भाउ चार हजार रुपैयाँले बढेको छ । यो वर्ष लागे पछि सुन झण्डै ५ हजार रुपैयाँले बढ्यो ।

गएको वैशाख महिनामा ५५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउमा त्यसपछि निकै उतारचढाव आयो । गएको साउन ३० गते तोलामा ५६ हजार रुपैयाँमा कारोबार भएको सुन आज ६० हजार ४ सय रुपैयाँमा पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुन महंगिएकाले नेपाली बजार पनि भाउ बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो ।

प्रकाशित मिति: ८ कार्तिक २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्