पर्यटन प्रवद्र्धन गर्न गुरुयोजना


 


इलाम, कात्तिक २९

पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सिद्धिथुम्काका बासिन्दाले गुरुयोजना बनाउन लागेका छन् । विभिन्न पर्यटकीय तथा धार्मिकस्थल भए पनि प्रचार हुन नसकेकाले गुरुयोजना नै बनाएर उनीहरूले काम अघि बढाउन लागेका हुन् ।

हालै सम्पन्न ‘सिद्धिथुम्का पर्यटन महोत्सव’ पछि गुरुयोजना निर्माण कार्यान्वयन गरिने महोत्सव आयोजक समितिका अध्यक्ष गोविन्द गुरागाईंले जानकारी दिनुभयो । यस क्षेत्रमा रहेका १० पर्यटकीयस्थललाई आधार बनाएर योजना निर्माण गरिने भएको छ ।

“प्रचार प्रसारका क्रममा यस क्षेत्रमा सडक निर्माण तथा विस्तारको कामदेखि पर्यटकीयस्थललाई आकर्षित बनाउने खालका काम गर्ने योजना ल्याउन लागेका हौँ”, गुरागाईंले भन्नुभयो, “बजेटको आकारचाहिँ केही ठूलो होला जस्तो छ । हामीले यसका लागि देउमाई नगरपालिका र प्रदेश नं १ सरकारसँग समेत कुरा गरिसकेका छौँ ।”

सूर्योदय अवलोकन गर्न सकिने सिद्धिथुम्काका साथै सिद्धिदेवीस्थान, खान्द्रुङ गुफा, गुफाभित्र रहेका ५० मिटरभन्दा बढी लम्बाइका पाँच सुरुङहरू, अजम्बरे डाँडा, देवीथुम्का डाँडा, ५० मिटरजति अग्लो दुईतले पङेलुङ झरना, पाल्सेम डुब्लिङ गुम्बा, किराँतेश्वर शिवालय मन्दिरलगायत यहाँ अबिस्थित छन् । रासस

प्रकाशित मिति: २९ कार्तिक २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्