विराटनगर भन्सारबाट ३० लाख किलो फलफूल आयात


 


विराटनगर, कात्तिक ३०

विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको तीन महीनामा भारतबाट ३० लाख छ हजार किलो फलफूल आयात गरेको छ । सो नाका भएर गत आवको सोही अवधिमा २२ लाख ५३ हजार किलो फलफूल आयात गरिएको थियो ।

चालु आवको साउनदेखि असोजसम्ममा गत आवभन्दा सात लाख ५२ हजार किलो बढी फलफूल आयात भएको भन्सार प्रमुख निमान्स अधिकारीले जानकारी दिनुभयो । चालु आवको तीन महीनामा रु दुई करोड १६ लाख ४० हजार राजश्व सङ्कलन भएको छ । गत आवमा सो अवधिमा रु एक करोड ३८ लाख राजश्व सङ्कलन भएको थियो ।

विराटनगर नाका भएर भारतबाट नरिवल, बदाम, आलमण्ड, ओखर, पेस्ता, केरा, खजुर, छोहरा, अम्बा, आँप, सुन्तला, कागती, अङ्गुर, किसमिस, स्याउलगायत फलफूल आयात गरिँदै आएको छ । रासस

प्रकाशित मिति: ३० कार्तिक २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्