धान काट्ने मेसिनको प्रदर्शनी


 


पथरी शनिश्चरे, कार्तिक ३०

मोरङको पथरीशनिश्चरे नगर क्षेत्रका कृषकहरुलाई सुलभ रुपमा उन्नत खेती गर्न आधुनिक उपकरण भित्र्याउने क्रममा आज हसन्दह क्षेत्रमा धान काट्ने मेसिनको प्रयोग प्रदर्शन भएको छ ।

नगरपालिकाको कृषि शाखामार्फत यस आर्थिक वर्षमा नगरका २ वटा कृषक समूहलाई ५० प्रतिशत अनुदानमा पावर टिलर सहितको धान काट्ने मेसिन (रिपर) प्रदान गर्ने क्रममा मेसिनले धान काटेर त्यसको परीक्षण गरिएको हो । नगर प्रमुख दिलिपकुमार राई सहितका जनप्रतिनिधिको उपस्थितीमा वडा नम्वर ५ र ६ को कार्यालय अगाडिको धान कटान प्रदर्शन भएको थियो ।

हसन्दह साना किसान र १ नम्वर वडाको उत्साही साना किसान सहकारी संस्थालाई ५० प्रतिशत अनुदानमा एक एक वटा धान काट्ने मेसिन प्रदान गर्ने नगरपालिकाले निर्णय गरेको कृषि शाखा प्रमुख सावित्रा कार्कीले जनाउनु भयो ।

प्रकाशित मिति: ३० कार्तिक २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्