इलाममा १० दिने ‘मेची पर्यटन महोत्सव’


 


इलाम, मंसिर २

मेची अञ्चलका पर्यटनहरूको प्रचार प्रसार गर्ने उद्देश्यले इलामको ठूलो टुँडिखेलमा १० दिने ‘मेची पर्यटन महोत्सव’ हुने भएको छ ।
१० दिन ५० हजार आन्तरिक तथा बाह्य पर्यटकलाई महोत्सवको अवलोकन गराउने आयोजकको उद्देश्य रहेको छ ।

आउँदो पुष ६ देखि १६ गते सम्म चल्ने महोत्सवमा स्थानीय स्तरका सामग्री तथा सांस्कृतिक तथा पर्यटकीय बस्तुको प्रदर्शन गरिने महोत्सवका आयोजक तथा पर्यटन प्रवद्र्धन सरोकार समितिका महासचिव देवी पौड्यालले जानकारी दिनुभयो । उहाँका अनुसार मेचीका ४ वटै पर्यटकीय तथा धार्मिक स्थललाई आधार बनाएर सञ्चालन गरिने महोत्सवमा ५० हजार पर्यटकबाट एक करोड भन्दा बढी कारोबार गर्ने लक्ष्य रहेको छ ।

प्रकाशित मिति: २ मंसिर २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्