किसानलाई धान काट्ने मेसिन


 


मोरङ, मंसिर १२

मोरङको पथरीशनिश्चरे नगरपालिकाले नगर क्षेत्रका कृषकहरुलाई सुलभ रुपमा खेती गर्न आधुनिक उपकरण भित्राउने क्रममा आज दुई नम्वर वडाको उत्साहि साना किसान सहकारी संस्थालाई धान काट्ने मेसिन प्रदान भएको छ ।

नगरपालिकाको कृषि शाखामार्फत यस आर्थिक वर्षमा नगरका दुई वटा कृषक समूहलाई ५० प्रतिशत अनुदानमा पावर टिलर सहितको धान काट्ने मेसिन (रिपर) प्रदान गर्ने क्रममा सो सहकारीका लागि अध्यक्ष धनमाया गुरुङलाई नगर प्रमुख दिलिपकुमार राईले मेसिन हस्तान्तरण गर्नुभयो ।

खेत जोत्न समेत मिल्ने १८ हर्स पावरको पावर टिलर प्रदान गरिएको हो । यस अघि हसन्दह क्षेत्रका लागि हसन्दह साना किसान संस्थालाई पनि यस अघि एउटा धान काट्ने मेसिन (रिपर) प्रदान भएको थियो ।

प्रकाशित मिति: १२ मंसिर २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्