पथरीशनिश्चरेमा पशु शिविर



मोरङ, मंसिर १५

मोरङको पथरीशनिश्चरे नगरपालिकाको पशुपंक्षी सेवा शाखाले नगरमा पशु स्वास्थ्य तथा बाझोपन निवारण शिविर अघि बढाएको छ । नगरमा ३ ठाउँमा निशुल्क शिविर सञ्चालन गर्ने कार्यक्रम अन्तर्गत नेपाल पाराभेटेरीनरी एशोशियसन, इकाई कमिटी पथरीशनिश्चरेको सहआयोजनामा आज वडा नम्वर ७ स्थित लामाटोलमा पहिलो शिविर सम्पन्न भएको छ ।

नगरपालिकाका प्रवक्ता यामप्रसाद गुँरागाईंको प्रमुख आतिथ्यतामा सम्पन्न शिविरमा पशु तथा पंक्षीहरुको जाँचका साथै आवश्यक औषधिहरु समेत वितरण गरिएको छ ।

मंसिर १७ गते वडा नम्वर ६ को भातेगौडामा र १९ गते वडा नम्वर ८ को सोमबारे बजारमा सो शिविर सञ्चालन गरिने पशुपंक्षी सेवा शाखा प्रमुख गणेश शिवाकोटीले जानकारी दिनुभयो ।

नगरपालिकाले पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविरका लागि ७० हजारका दरले ३ स्थानका लागि २ लाख १० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News