नबिल बैँकले ३४ प्रतिशत लाभांस दिने


 


काठमाडौं, मंसिर १८

नबिल बैंकले गत बर्षको नाफाबाट ३४ प्रतिशत लाभांस वितरण गर्ने भएको छ। बैंकको ५०२औं सञ्चालक समितिको बैठकले १२ प्रतिशत बोनस शेयर र २२ प्रतिशत नगद लाभांस दिने प्रस्ताब गरेको हो।

बैंकले साधारणसभाका लागि राष्ट्र बैंकसँग स्वीकृति माग गरिसकेको छ। अब साधारणसभाले निर्णय गरेपछि लाभांस सर्वसाधारणले पाउने छन्।

नबिल बैंकले पूँजी बृद्धिका कारण दुई बर्षदेखि बोनस शेयरलाई प्राथमिकतामा राखेको थियो। पूँजी बृद्धि योजना सफल भएपछि प्राथमिकतामा नगद लाभांस परेको हो।

बैंकको चुक्ता पूँजी ८ अर्ब ४ करोड रुपैयाँ छ। बैंकले गत बर्ष ४ अर्ब ५ करोड रुपैयाँ नाफा गरेको थियो। नाफाबाट एक अर्ब ७६ करोड रुपैयाँ नगद लाभांसका रुपमा वितरण हुने छ। बाँकी ९६ करोड ५१ लाख रुपैयाँ बोनस शेयरका रुपमा पूँजीकृत हुने छ। यसले गर्दा चुक्ता पूँजी ९ अर्ब रुपैयाँ नाघ्ने छ।

प्रकाशित मिति: १८ मंसिर २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्