इलाममा ‘मेची क्षेत्र पर्यटन महोत्सव’ हुने


 


इलाम, मंसिर १८

पूर्व क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले इलाममा ‘मेची क्षेत्र पर्यटन महोत्सव’ हुने भएको छ । इलाम पर्यटन प्रवद्र्धन सरोकार समितिले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी मेची अञ्चलका झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लालाई समेटेर मेची अञ्चलस्तरीय पर्यटन महोत्सव गर्न लागिएको जानकारी गराएको हो ।

आगामी पुस ५ गतेदेखि १५ गतेसम्म महोत्वस आयोजना गरिने जनाइएको छ । सिक्किम र पश्चिम बंगालसहितका १ लाख आन्तरिक र बाह्य पर्यटन भित्र्याउने र २ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य आयोजकको छ ।

मेची अञ्चलको सांस्कृतिक, आर्थिक र पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको मेची पहाडि क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिका कार्यकारी निर्देशक केशव द्यौलारीले जानकारी दिनुभयो । ‘समृद्धिको आधार हाम्रो पर्यटन’ नारा दिइएको महोत्सवमा स्थानीय उत्पादनका स्टलहरु, खानाका परिकार, कृषिजन्य उत्पादन, औद्योगिक उत्पादन र स्थानीय सांस्कृतिक झाँकी, कला, संगीत प्रस्तुत गरिने छ ।

प्रकाशित मिति: १८ मंसिर २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्