भोजपुर नगरपालिका १ उज्यालो वडा घोषित
भोजपुर, मंसिर १९
भोजपुर नगरपालिका वडा नं. एक उज्यालो वडा घोषणा भएको छ । भोजपुर नगरपालिका वडा नं. एक हेलौछाको सवै टोलमा विजुली बत्ती पुगे पछि उज्यालो वडा घोषण गरिएको छ । वडालाई उज्यालो घोषण गरेसंगै स्थानिय हर्सित बनेका छन् ।

विजुली आएपछि अध्यारोमा बस्नु पर्ने बाध्यताबाट वडा नं एक बासी मुक्त भएका छन् । विजुली पुगे पछि कम्प्युटर, मोवाल चार्ज, खाना पकाउन, साना घरेलु उद्योग संचालन गर्न सहज भएको छ । वडालाई प्रतिनिधिसभा सांसद् सुदन किरातीको प्रमुख आतिथ्य तथा भोजपुर नगरपालिकाका प्रमुख मेयर कैलाश कुमार आलेको विशेष आतिथ्य र वडा नं. एकका वडा अध्यक्ष विष्णु भुजेलको अध्यक्षताका कार्यक्रम सम्पन्न भएको थियो ।
प्रकाशित मिति: १९ मंसिर २०७५, बुधबार












