माछापुच्छ्रे बैंकको तीन नयाँ शाखाको उद्घाटन


 


काठमाडौं, मंसिर २१
माछापुच्छ्रे बैंक लिमिटेडले तीनवटा शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ ।
बैंकले मकवानपुरको हेटौंडा उप–महानगरपालिका स्थित हेटौंडा शाखा कार्यालय, चितवनको इच्छा कामना गाउँपालिका स्थित इच्छाकामना शाखा कार्यालय र चितवनकै कालिका नगरपालिका स्थित कालिका शाखा कार्यालयको औपचारिक रुपले सुरुवात गरेको छ ।

हेटौंडा शाखा कार्यालयको उद्घाटन बैंकका सञ्चालक  जय मुकुन्द खनाल  र हेटौंडा उप–महानगरपालिकाका मेयर हरि बहादुर महतले संयुक्त रुपले गर्नुभयो । त्यसै गरी इच्छाकामना शाखा कार्यालयको उद्घाटन बैंकका सञ्चालक राममान श्रेष्ठ र इच्छाकामना गाउँपालिकाका उपाध्यक्ष कृतिकुमार श्रेष्ठले संयुक्त रुपले गर्नुभयो र कालिका शाखा कार्यालयको उद्घाटन बैंकका सञ्चालक गोपीकृष्ण न्यौपाने र कालिका नगरपालिकाका मेयर खुम नारायण श्रेष्ठले संयुक्त रुपले गर्नुभयो ।

नयाँ शाखा मार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ । यस बैकले २०७५ साल आश्विन मसान्तसम्म ७७ अर्व निक्षेप परिचालन गरी ७१अर्व कर्जा प्रवाह गरेको छ भने सोही अबधिमा ३७ करोड खुद मुनाफा गरेको छ ।

बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत ३८शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १२६ स्थानवाट बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर १०६ वटा एटीएमहरु संचालनमा रहेको छ ।

प्रकाशित मिति: २२ मंसिर २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्