नेता खतिवडाले बालगृहमा जन्मदिन मनाए


 


उर्लाबारी, मंसिर २३

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का मोरङ जिल्ला सदस्य रुपेश खतिवडाले ४४ औं जन्मोत्सवको अवसरमा उर्लाबारी –७ स्थित नमूना बाल गृहका बालबालिकाहरुमाझ खुशी साटेर बनाउनु भएको छ ।

आज विहान एक कार्यक्रमको आयोजना गरीस् खतिवडाले त्यहाँ आश्रित बालबालिकाहरुलाई एकछाक खाना खुवाउनुको साथै १५ हजार रुपैयाँ बालबालिकाहरुको शिक्षाका लागि हस्तान्तरण गर्नु भएको हो ।

सामाजिक सेवामा समर्पित भएर काम गरिरहेको र फरक तरिकाले जन्मदिन मनाउने क्रममा यस पटक नमूना बालगृहका बालबालिकाहरुसँग मनाउनु पुगेको उहाँको भनाई छ । उर्लाबारी नगरपालिकाकी उपमयेर लक्ष्मी भण्डारीले जन्मदिन रचनात्मक तरिकाले मनाउनु सकारात्मक पक्ष भएको बताउनुभयो । गृहमा ४६ जना बालबालिका आश्रित रहेका छन् ।

प्रकाशित मिति: २३ मंसिर २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्