उर्लाबारीमा पत्रकारिता तालिम सम्पन्न


 


उर्लाबारी, मंसिर २५

मोरङको उर्लाबारीमा ७ दिने आधारभुत पत्रकारिता तालिम आज सम्पन भएको छ। उर्लाबारी नगरपालिकाको आर्थिक सहयोगमा सञ्चार क्लब नेपाल उर्लाबारीको आयोजनामा मंसिर १९ देखि तालिम सञ्चालन भएको थियो।

तालिममा उर्लाबारीसहित पथरीशनिश्चरे, रतुवामाइ र मिक्लाजुङका गरी २८ जना सहभागी भएका थिए । सो तालिमको सहजीकरण पत्रकार तथा लेखक लिलाराज खतिवडाले गर्नुभएको थियो।

तालिम समापन कार्यक्रममा उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले प्रमाणपत्र वितरण गर्नुभएको थियो । मेयर फागोले पत्रकारिता क्षेत्र मर्मादित बनाउनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा वडा नम्बर ७ का वडा अध्यक्ष बिरबल थापा , लिलाराज खतिवडा र सञ्चार क्लब नेपालका पूर्वअध्यक्ष रुपेन्द्र शेर्मालगायतले मन्तव्य राख्नुभएको थियो ।

प्रकाशित मिति: २५ मंसिर २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्