भाउन्ने बजारमा अस्थायी प्रहरी विट स्थापना


 


विवेक मिश्र
मोरङ, मंसिर २६

मोरङको बेलवारी- १० भाउन्ने बजारमा अस्थायी प्रहरी विटको स्थापना भएको छ । आज एक कार्यक्रमको आयोजना गरी उक्त विट स्थापना भएको हो ।

सृजना सामुदायीक वन बेलवारी १० बाट ७५ हजार, बुद्ध एयर प्रालि काठमाण्डौं बाट २५ हजार, लक्ष्मी सामुदायीक वन बेलवारी ११ बाट १५ हजार र सिंहदेवी सामुदायीक वन बाट ६ हजार ३ सयको सहयोगमा उक्त प्रहरी विट निमार्ण भएको हो ।

इलाका प्रहरी कार्यलय बेलवारीका प्रहरी प्रमुख रामकुमार राईले विटको उद्घाटन गर्नुभएको हो । प्रहरी विटको स्थापनाले बजारको शान्ति सुरक्षामा मद्दत पुग्ने प्रहरी विट निमार्ण समितिका संयोजक मदन भण्डारीले बताउनुभयो ।

प्रकाशित मिति: २६ मंसिर २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्