मिष्ट कलेजमा भएको रक्तदानमा १ सय ३० पिन्ट रगत संकलन


 


उर्लाबारी, मंसिर २७

रक्तदान जीवन दान भन्ने मूल नाराको साथ झापाको दमकमा रक्तदान कार्यक्रम गरिएको छ । दमक–४ स्थित मिष्ट कलेजको आयोजनामा भएको उक्त रक्तदान कार्यक्रममा १ सय ३० जनाले रगत दान गरेकोकलेजका निर्देशक टिकाप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

रगतको अभावकै कारण कसैको मृत्यु नहोस् भन्ने हेतुले रक्तदान कार्यक्रम गरिएको उहाँको भनाई छ । रक्तदानसँगै कलेजले स्वास्थ्य शिबिरसमेत गरेको थियो । ३ सय ५० जनाको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको थियो ।

प्रकाशित मिति: २७ मंसिर २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्