सूर्य साकोस उर्लाबारीले मनायो १८औँ वार्षिक उत्सव


 


उर्लाबारी, मंसिर २७

स्थापनाको १८औ बार्षीक उत्सवका अवसरमा उर्लाबारी – ६ को सूर्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आज क्तदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

महारुद्र शिवालय मंन्दिरको सभाहलमा संस्थाका अध्यक्ष तेजनाथ घिमिरेको अध्यक्षता तथा जेष्ठ शेयर सदस्य जयप्रसाद तिम्सिनाको प्रमुख आतिथ्यतामा भएको सो बार्षिकत्सवमा संस्थाको प्रर्वद्धनमा योगदान पुर्याउने पत्रकार मदनबाबु प्रसाईलाई सम्मान गरिएको थियो भने संस्थाका १९ जना असल ऋणी, ७ जना निक्षेपकर्ता, १५ जना जेष्ठ शेयर सदस्य, ८ जना एकल महिलालाई नगद र दोसल्ला ओढाएर प्रशंशा–पत्र प्रदान गरिएको थियो ।

संस्कृतिक कार्यक्रमसहित भएको सो बार्षिकत्सवमा लायन्स क्लब अफ उर्लाबारीका पूर्बअध्यक्ष कोमल शाक्य, हाम्रो बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष डिवी थापा, महिला उत्थान साकोसका अध्यक्ष सर्सुदेवी गुरुङ, सामुदायिक बिकास मंञ्चका अध्यक्ष ढुण्डुराज भट्टराई, सोही सहकारीका उपाध्यक्ष नारद नेपाल, सचिब गोपालप्रसाद भट्टराई, कोषाध्यक्ष दिपक भट्टराई लगायतका वक्ताले मन्तव्य राख्नुभएको थियो । सोही अवसरमा नेपाल रेडक्रस सोसाईटी रक्त संचार सेवा केन्द्र उर्लाबारीको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ४३ जनाले रगत दान गरेको कार्यक्रम संयोजक तथा कोषाध्यक्ष दिपक भट्टराईले बताउनुभयो ।

प्रकाशित मिति: २७ मंसिर २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्