इटहरी उपमहानगरको नयाँ प्रमुख प्रशासकिय अघिकृतमा विमली


 


इटहरी, मंसिर २८

इटहरी उपमहानगरपालिकामा नयाँ प्रमुख प्रशाशकीय अघिकृत केशव विमलीले हाजिर भई कार्यसम्पादन सुरु गर्नुभएको छ । विमली जिल्ला समन्वय समिति मुस्ताङ वाट सरुवा भई इटहरी उपमहानगरपालिका आउनुभएको हो ।

उहाँले तेहथुम,सिरहा,पर्सा र दोलखाको स्थानीय विकास अघिकारीका रुपमा कार्य सम्पादन गरिसक्नुभएको छ । यसैगरि कैलाली जिल्ला समन्वय समितिमा जिल्ला समन्वय अधिकारी र टोखा नगरपालिकामा प्रमुख कार्यकारी अघिकृतको जिम्मेवारी वहन गर्नुभएको छ । पर्यटन मन्त्रालयमा लामो समय रहनुभएका विमली सँग स्थानीय तहमा १४ बर्ष कार्य गरेको अनुभव छ ।

इटहरी उपमहानगरका मेयर द्धारिकलाल चौधरीले कर्मचारी र जनप्रतिनिधि एकै रथका दुई पाङग्रा भएकाले दुवैको सन्तुलन मिलेमा मात्र रथ गुडन सक्ने वताउनुभयो । उहाँले इटहरीमा १७ महिनामा चार जना प्रमुख प्रशाशकीय अधिकृत परिवर्तन भइसकेको वताउनुहुदै अव चाडै परिवर्तन नहुने अपेक्षा गर्नुभयो ।

नयाँ प्रमुख प्रशाशकीय अघिकृत विमलीले नगरप्रमुखको नीति निर्देशनलाई पालना गर्दै उमहानगरको नीति कार्यावन्यनमा लागि पर्ने प्रतिवद्धता जनाउनुभयो । स्वागत कार्यक्रममा इटहरी उपमहानगरका प्रशाशकीय अघिकृत दिपक दाहालले स्वागत मन्तब्य ब्यक्त गर्नुभयो । निमित्त प्रमुख प्रशाशकीय अघिकृत भूपेन्द्र कोइरालाले कार्यक्रम सञ्चालन गर्नुभयो । प्रमुख प्रशाशकीय अघिकृत छवि रिजालको गरिवी निवारण कोषमा सरुवा भएपछि इटहरी उपमहानगरमा एक महिना देखि प्रमुख प्रशाशकीय अघिकृत विहिन थियो ।

प्रकाशित मिति: २८ मंसिर २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्