सप्तरीमा आगलागीबाट १३ घर जलेर नष्ट


 


सप्तरी, मंसिर २८

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–७ स्थित बभनगा, कट्टी टोलमा आज साँझ आगलागी हुँदा १३ घर जलेर नष्ट भएको छ ।गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले आगलागीबाट एक /एक बाछी र बोका, रु एक लाख, भाँडाबर्तन, चामललगायत जलेर नष्ट हुँदा करीब रु ४० लाख मूल्य बराबरको क्षति भएको बताउनुभयो ।

बिन्देश्वर साफीको घरबाट सल्केको आगोले उहाँसहित आनन्द साफी, मन्नु साफी, प्रयाग साफी, प्रसाद साफीलगायतको घर जलेको स्थानीयवासीले जानकारी दिएका छन् ।

राजविराज र हनुमाननगर कङ्कालिनी नगरपालिकाको वारुणयन्त्र, स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको सप्तरी प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: २८ मंसिर २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्