उपत्यकासहित देशभर जाडो बढ्दै


 


काठमाण्डौँ, पुस २

उपत्यकासहित देशभर जाडो बढ्दै गएको छ । मौसमविद् राजु प्रधानाङगका अनुसार आज बिहान काठमाडौंको न्युनतम तापक्रम २ दशमलव ५ डिग्री सेल्सियस पुगेको छ ।

आज यो वर्षकै कम तापक्रम मापन गरिएको हो । हिजो काठमाडौंको न्युनतम तापक्रम ३ डिग्री सेल्सियस थियो । सोमबार दिउँसो काठमाडौंसहित देशका पहाडी भेगमा आशिक बदली हुने सम्भावना छ ।

पूर्वका उच्च पहाडी र मध्येको उच्च पहाडी भेगमा भने हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: २ पुस २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्