इलाममा ‘मेची पर्यटन महोत्सव’


 


इलाम, पुस २

इलाममा ‘मेची पर्यटन महोत्सव’ यही पुस ५ देखि १६ गतेसम्म हने भएको छ । विभिन्न जातजातिको लोप हुन लागेको संस्कृतिको जगेर्ना, दुर्लभ जीवजन्तुको र पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्नका लागि उक्त महोत्सव आयोजना गर्न लागिएको हो ।

पर्यटन प्रवद्र्धन सरोकार समितिको आयोजनामा हुन लागेको सो महोत्सवमा ताप्लेजुङको शेर्पा नाच र झापाको सतार नाच प्रदर्शन गरिनाका साथै इलाम र पाँचथरको पर्यटकीय क्षेत्र सन्दकपुरबाट चौरी र घोडासमेत ल्याउने तयारी भइरहेको छ । विश्वमै लोपोन्मुख रातो हाब्रे (रेडपाण्डा)समेत यहाँ ल्याउने तयारी भइरहेको आयोजक संस्थाका सल्लाहकार धर्म गौतमले बताउनुभयो ।

यसैबीच इलाम जिल्लामा आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । जिल्लाका प्रमुख पर्यटकीय स्थल माइपोखरी, कन्याम, श्रीअन्तु, गजुरमुखीलगायतको अवलोकनका लागि यहाँ पर्यटक आउने गरेका छन् । पर्यटन सूचना केन्द्रका अनुसार यस वर्षको मङ्सिर मसान्तसम्ममा एक लाखको हाराहारीमा पर्यटक भित्रिएका छन् । रासस

प्रकाशित मिति: २ पुस २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्