इलामका पर्यटकीय स्थलमा पूर्वाधारको अभाव


 


इलाम, पुस ३

प्रदेश नं १ मा पर्ने इलामको सूर्योदय नगरपालिकामा शौचालय, बसपार्कजस्ता अतिआवश्यक पूर्वाधारको अभाव देखिएको छ ।  सङ्घीय सरकारले १०० उत्कृष्ट पर्यटकीय क्षेत्रको कन्याम क्षेत्रमा शौचालय र बसपार्क नहुँदा पर्यटक खुला क्षेत्रमा शौच गर्न बाध्य भएका छन् ।

कन्याममा चर्पी र बसपार्कको समस्या छ । मौसममा दैनिक हजारौ बढी पर्यटक आएर घुम्ने कन्यामको तीन किलोमिटर क्षेत्रमा एउटा मात्रै चर्पी हुँदा खुला क्षेत्रमा शौच गर्न बाध्य भएको पाल्पाबाट आएका पर्यटक केशव शर्माले बताउनुभयो ।

खुला दिसामुक्त क्षेत्र घोषणा भएपनि पर्याप्त पूर्वाधर, खानेपानी, चर्पीको समस्याले पिरोलिने पर्यटकले गाडी भने विद्यालयमा पार्किङ गर्दै आएका छन् ।

प्रदेश नं १ सरकारले पर्यटकीय नगर घोषणा गरेको सूर्योदय नगरपालिकाको अन्तु पर्यटकीय क्षेत्रको समस्या उस्तै छ । सूर्योदय दृश्यावलोकन गर्न अन्तु पुग्ने पर्यटकले डाँडामा चढ्नु अघि पार्किङ र अन्तुडाँडामा पानी तथा चर्पीको समस्या भोग्दै आएका छन् ।

मौसममा दैनिक सात हजार बढी पर्यटक पुग्ने डाँडामा एउटा मात्रै चर्पी भएकोले थप बनाउनुपर्ने र अन्य पूर्वाधार बनाउनुपर्ने अन्तु घुम्न आएका राजेश लेप्चाले बताउनुभयो । पर्यटक आएर घुम्ने, खाने, रमाउनु मात्रै पर्यटन प्रवद्र्धन नभएर सार्वजनिक शौचालय र पार्किङकै कारण पिरोलिनुपर्ने समस्याले राम्रो सन्देश नजाने लेप्चाको भनाइ छ । रासस

प्रकाशित मिति: ३ पुस २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्