अलैँचीमा रोग लागेपछी भोजपुरका कृषकहरू चिन्तित


 


भोजपुर, पुस ३

मुख्य नगदेबालीको रूपमा लिइने अलैँची खेतीमा रोगको प्रकोप बढ्न थालेपछि पछिल्लो केही वर्षयता भोजपुरका कृषकहरू चिन्तित बनेका छन् ।

धेरै मिहिनेतले लगाएको अलैँचीको पातमा कीरा लाग्ने, छिर्के फुर्के, गानो कुहिने, पात कालो भएर सुक्ने जस्ता रोग र ढुसीजन्य प्रकोप देखिएपछि खेती नै मासिने अवस्थामा पुगेको भोजपुर नगरपालिका – १० भैँसीपंखा खुरिलाका देवराज राईले बताउनुभयो ।

रोग पहिचान भएपनि विविध जैविक कीटनासक औषधि प्रयोगले पनि रोग नियन्त्रणमा नआउनाले अधिकांश अलैँची बगानहरू खाली हुने क्रममा रहेको राईको गुनासो छ । राईले भने, ‘अलैँचीबाट राम्रो आम्दानी हुन्छ भनेर खेती सुरु गरेको थिएँ तर अलैँचीमा अनेकथरी रोगको प्रकोप बढेपछि बगान खाली हुने अवस्थामा छ ।’

यसरी दिन प्रतिदिन बढ्दै गएको रोगको प्रकोपले अलैँचीको बगान नै पूरै मासिने संभावना बढेको र बगान खाली हुने भएको भोजपुर नगरपालिका – १० भैँसीपंखा खुरिलाका मनाहाङ राईको गुनासो छ ।

प्रकाशित मिति: ३ पुस २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्