पेट्रोलियम पदार्थको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची


 


काठमाडौं, पुस ३
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुईदुई रुपैयाँ घटाईएको निगमले जनाएको छ ।

मंगलबार साँझ बसेको निगमको बैठकले पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गर्दै नयाँ मूल्य कायम गरेको हो । नयाँ मूल्य अनुसार पेट्रोलको प्रतिलिटर १ सय १० रूपैयाँ कायम भएको छ । यस्तै डिजेल र मट्टितेलको प्रतिलिटर ९७ रुपैयाँ भएको छ ।

भारतीय आयल कर्पोरेसनले पठाएको नयाँ मुल्यसूचीअनुसार नेपाल आयल निगमले नयाँ मूल्य कायम गरेको जनाएको छ । नयाँ मूल्य मंगलबार राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ ।

प्रकाशित मिति: ३ पुस २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्