‘मेची क्षेत्र पर्यटन महोत्सव इलाम–२०७५’को तयारी सकियो


 


इलाम, पुस ४

प्रदेश नं १ का चार जिल्ला झापा, इलाम, पाँचथर र ताप्लेजुङको समग्र पर्यटन प्रर्वधन गर्ने उद्देश्यले इलामको टुँडिखेलमा भोलीदेखी पुस १६ गतेसम्म आयोजना गर्न लागिएको ‘मेची क्षेत्र पर्यटन महोत्सव इलाम–२०७५’को तयारी अन्तिम चरणमा पुगेको छ ।

महोत्सवस्थल इलाम सदरमुकामको ठुलो टुँडिखेलमा स्टल बनाउने कार्य लगभग सकिएको छ साथै स्टलहरुको वुकिङ पनि भइरहेको छ । यस्तै गरी बढी भन्दा बढी पर्यटकहरु भित्राउनका होत्सवको प्रचार प्रसार गरिरहेको आयोजक इलाम पर्यटन प्रर्वधन सरोकार समितिले जनाएको छ ।

चार जिल्लालाई पर्यटकीय गन्तव्यका रूपमा विस्तार गर्ने तथा पर्यटनको माध्यमबाट स्थानीय जीविकोपार्जनमा आत्मनिर्भर बनाउने उद्देश्यले महोत्सव गर्न लागिएको आयोजक इलाम पर्यटन प्रवद्र्धन सरोकार समितिका अध्यक्ष विजय राईले वताउनुभयो । पचास हजारभन्दा बढीले महोत्सव अवलोकन गर्ने आयोजकको अपेक्षा छ । महोत्सवमा अनुमानित ५० लाख रुपैँया खर्च हुने अध्यक्ष राईले जानकारी दिनुभयो ।

प्रकाशित मिति: ४ पुस २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्