कानेपोखरीमा दुई दिने उद्घोषण तालिम
मोरङ, पुस १५
बाल एकता सञ्जाल कानेपोखरीको आयोजनामा दुई दिने उद्घोषण तालिम आज मोरङको कानेपोखरी गाउँपालिमा सम्पन्न भएको छ ।
कानेपोखरी गाउँपालिका –६,स्थीत जेनिथ इङ्लिस स्कुलको सभाहलमा हिजो र आज तालिम भएको हो ।
दुई दिने कार्यक्रमलाई प्राइम एफ.एम.का प्रबन्ध निर्देशक मन नेम्वाङले सहजीकरण गर्नुभएको थियो । समापन कार्यक्रमको प्रमुख अतिथि वडा नं. ६,का वडाध्यक्ष खड्गबहादुर बस्नेतले अहिलेको बालबालिका भविश्यको कर्णधार रहेकोले गाउँपालिकाले बालबालिकाको क्षमता अभिबृद्धी लगाएत अन्य कार्यक्रमको लागी रकम छुट्याउन कन्जु्साई नगर्ने बताउनुभयो ।

उहाँले प्रमाण पत्रपाएर सिरानीमा राखेर मात्र नहुने बताउँर्दै त्यसको सदुपयोग गर्न आग्रह गर्नुभएको थियो । त्यसैगरी मन्तव्य कै क्रममा पत्रकार दिनेश सुब्बाले केहि सिक्ने र गर्छु भनेर अघि बढ्न चाहाने बालबालिकालाई दुईदिने उद्घोषन प्रशिक्षण काफी रहेको बताउनुभएको थियो ।

गाउँपालिकाको ४० हजार ५ सयको सहयोगमा भएको तालिम बाल एकता सञ्जाल आयोजना रहेको थियो । तालिममा पालिकाका ७ वटा वडाको बाल क्लब, ६५ वटा बाल क्लबको अध्यक्ष र सचिवको सहभागीता रहेको थियो ।


प्रकाशित मिति: १५ पुस २०७५, आइतबार












